News

दाङमा भारतीयलाई वंशजको नागरिकता : भारतका विशाल कुमार गुप्त, नेपामा मितबहादुर दमाई

जे एन सागर / युगबोध, झुठो विवरण पेश गरी दाङमा एक भारतीयले वंशजको आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ ।भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भइ हाल घोराही उपमहानगरपालिका–१४ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल गुप्ता पटवाले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन ।

भारतीय नागरिक पटवाले २०७५ मंसिर २५ गते घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसले जिल्ला प्रशासन कार्यालय दाङबाट २०७५ मंसिर २५ गते नै वंशजको आधारमा नेपाली नागरिकता लिएको झण्डै डेढ वर्षपछि खुलेको हो ।उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गद्दा निवासी ५६ वर्षीय हिरालाल दमाईका जेठो छोरा मितबहादुर दमाईको नाममा नागरिकता लिएका हुन ।

मितबहादुर दमाई हिरालालका जेठा छोरा हुन । उनी केही वर्षदेखि भारतमा रहेको बुझिएको छ । हिरालाल दमाइले भारतीय नागरिक पटवालाई आफ्नो छोरा बनाई नागरिकता दिलाइदिएका हुन ।

बंगलाचुली गाउँपालिका–३ बाट २०७० सालमा घोराही उपमहानगरपालिका–३ मा आएर बसेका हिरालाल दमाईले भारतीयलाई नागरिकता दिनकै लागि २०७५ मंसिर १७ गते ५ वर्षपछि बसाइ सराइ ल्याएको र मंसिर २३ गते घोराही उपमहानगरपालिका–३ को वडा कार्यालयमा बसाइ सराई दर्ता गरेका थिए ।

त्यसपछि हिरालालको छोरो बनेर विशाल गुप्ताले २ दिनपछि वडा कार्यालयबाट अनुसूचि फाराम भरी मंसिर २५ गते नागरिकता सिफारिस निकालेका थिए ।उसैदिन भारतीय नागरिक विशाल गुप्ताले ९ दिनमै २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालयबाट ना.प्र.नं. ५२–०१–०७५–०४०५२ नम्वरको वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन ।

Related Articles

Back to top button
Close