Auto News

“यामाहा एफजेड २५” ४ स्कीममा किन्न सकिन्छ, डबल च्यानल एबीएसले थप सुरक्षीत

काठमाडौं । यामाहाको आधिकारीक मोरङ अटोवर्कले एफजेड २५ डबल च्यानल एबीएससहित लक उन अगाडि नेपाली बजारमा सार्वजसनिक गरेको थियो । लक डाउन खुकुलो भए पछि कम्पनीले ल्याएको नयाँ अफर अन्तर्गत विभिन्न तीन स्कीममा एफजेड २५ किन्न सकिन्छ ।

कम्पनीले ल्याएको योजनामा एफ २५ किन्दा शून्य प्रतिशत डाउन पेमेन्ट, ३०÷४० प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत व्याजदर र नगद छुट स्मीक छनोट गर्न सक्ने छन् । एफजेड २५ डबल च्यानल एबी एसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

शून्य प्रतिशत डाउन पेमेन्ट अन्र्तगत एफजेड २५ एबीएस खरिद गर्दा ३ बर्ष किस्ता तिर्नु पर्ने हुन्छ । यो स्कीममा मोटरसाइकल खरिद गर्दा १५ हजार ३२८ रुपैयाँ का दरले ३६ महिना किस्ता तिर्नु पर्ने हुन्छ । ३० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न ग्राहक स्थाइ बसोवास भएको हुनु पर्नेछ । यस्तै अस्थाइ बसोवास भएका ग्राहकले भने ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ ।

३० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ३६ महिना मासिक १०४३२ तिर्नु पर्नेछ । ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ३० महिना मासिक १०३०२ तिर्नु पर्नेछ । शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ। यो स्कीममा बाकि रकम १२ महिनामा बुझाउनु पर्नेछ । यसमा मासिक किस्ता १७९१३ रुपैयाँ तिर्नु पर्नेछ । एफजेड २५ नगद किन्न चाहाने ग्राहकले नगद १० हजार छुट प्राप्त गर्ने छन् ।

Related Articles

Back to top button
Close