NewsVideo

सुस्मिताको माईतिमा पुग्दा चल्यो रुवाबासी, सुस्मिताले आमालाई पठाएको म्यासेज यस्तो रहेछ

कपिलवस्तुको वाढगंगा माइती भएकी सुस्मिताको वैशाख महिनामा मात्र धुमधामसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सुस्मिताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पीडा बोकेर बसेकी सुस्मिताको पनि निधन भइसकेको छ । श्रीमान वितेको ६ महिना नहुँदै उनको पनि निधन भयो । उनको ह त्या भएको बताइएको छ । श्रीमानको निधन पछि माइतमा बसेकी सुस्मितालाई घर परिवारका सदस्यले बोलाएर हेटौंडा गएकी थिइन् । त्यहीं उनको निधन भएको हो । उनको शव कोठाभित्र मृत अवस्थामा फेला परेको थियो ।

आमावुवाले त्यो अवस्था समेत हेर्न सक्ने अवस्थाको थिएन । त्यसैले आमावुवालाई तत्कालको दृष्य देखाइएन । घटना भएपछि पनि घर परिवारका सदस्यले खबर गरेका होइनन् । एक जना छिमेकीले तिम्रो छोरीले देहत्याग गरीन् भनेर फोन गरेका थिए । उनलाई त्यो कुरा विश्वास लागेन । उनले आफ्नो छोरीको शव हेर्छु भन्दा पनि हेर्न दिइएन ।

उनलाई छोरीको ह(त्या भएको आशंका गरेकी थिइन् नभन्दै उनले गरेको शंका नै सहि निस्कियो । बुवाले भने छोरीको शव हेर्ने मौका पाए तर हेर्न सक्ने अवस्थाको थिएन । केही स्थानियले पनि सुस्मिताले देहत्याग गरेको होइन भनेर भनेको वुवाले बताएका छन् । स्थानियको कुरा र छोरीको शवको अवस्था हेर्दा नै वुवालाई ह त्या हो भन्ने निश्चयमा पुगे ।

सुस्मिताको श्रीमानको निधन नहुँदासम्म परिवारले त्यस्तो नराम्रो ब्यवहार भने गर्ने गरेका थिएनन् । तर श्रीमानको निधन भएपछि भने तेरो कारणले मेरो दाईको निधन भयो भनेर भन्ने गरेको बताइन् । ज्वाईको निधन भएपछि परिवारको सदस्यले गरेको ब्यवहार पनि आफुले हेर्न सक्ने अवस्थाको थिएन । श्रीमान वितेर किरियामा बसेकी छोरीलाई भेट्न पनि नदिएको र लगिदिएको कपडा पनि लगाउन नदिएको उनले बताइन् । उनले दुखको बेलामा छोरीसंगै बस्न खोज्दा पनि बस्न नदिएको बताइन् ।

सुस्मिताको परिवारका सदस्यले गरेको त्यस्तो ब्यवहारले दुस्खी भएकी उनी अहिले छोरीकै ज्यान गएपछि भने त्यो देहत्याग हो भनेर विश्वास गर्न नसक्ने बताइन् । उनले १३ दिनको काम सकेपछि पनि आफुले माइत ल्याउन नदिएर दुख दिएको बताइन् । उनले आफ्नो छोरीलाई यातना दिनकै लागि माइत आउन नदिएको उनको भनाई छ । ४५ दिन पछि पठाउँछौं भनेर भनेको भएपनि ५३ दिनसम्म पनि माइत नपठाएपछि आफुले बुवालाई छोरी लिन पठाएको बताइन् ।

भिडियो सहित हेर्नू होला

Related Articles

Back to top button
Close