Video

कठैभरा ! १ महिनाको सुत्केरी चिउरा खादै बन्द कोठामा, यस्तो कसैलाई नपरोस (भिडियो सहित)

विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरिने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ ।

अझै पनि काठमाडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिसहरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । धेरै जसो दिउसो काम गरि बेलुकाको छाक टार्ने मजदुरहरु मारमा परेका छन् ।

यस्तै बिचल्लीमा परेका एक दम्पति मिडियामा सहयोग माग्दै आएका छन् । हेटौडा घर बताउने ति दम्पति श्रीमानले कान राम्रो संग सुन्दैन भने श्रीमती एक महिनाको सुत्केरी छिन । ज्यालादारीमा काम गर्ने श्रीमानको लक डाउनले काम ठप्प भएपछी उनीहरुको चुलोमा खाना नपाकेको महिना दिन हुन लागेको रहेछ ।

सुत्केरी श्रीमती र बच्चा को बिजोग टुलुटुलु हेरेर बसेको श्रीमान बताउछन् । उनीहरुको कोठामा केहि खाने कुरा नभएपछी मिडियाकर्मीले उनीहरुलाई केहि राहत मिलोस भनि एक बोरा चामल र नुन तेल किनी दिएका छन् तर उनको कोठामा ग्यास चुलो भए पनि ग्यास सकिएको रहेछ ।

ग्यास तिर हेर्दै श्रीमानले खाने कुरा त पायो अब ग्यास कसरि ल्याउने भन्दै सबै जना स्तब्ध भएका थिए । बाकि तलको भिडियोमा हेर्नु होला ।

Related Articles

Back to top button
Close