News

प्राण त्याग्नुअघि सुशान्तले बुबासँग विस्तारै कुरा गर्न छाडेका थिए, भावुक हुँदै सुशान्तका बुबाले यसो भने

एजेन्सी । भारतीय लोकप्रिय नायक सुशान्त सिंह राजपूतको मृत्युको खबरले यतिबेला बलिउड शोकमा छ । अझ गहिरो शोकमा छ सुशान्तको परिवार । सुशान्तको र्मत्युसँगै उनका बाबु केके सिंह अझै भावविह्वल अवस्थामा रहेको भारतीय मिडियाले जनाएको छ ।

चार छोरीपछि जन्मिएका हुन् सुशान्त । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे खुल्दै भने सुशान्तका लागि ३ वर्षको भाकल गरेका थियौँ । तर बिचबाटोमा नै छोराले अप्रिय कदम चालेर हामीलाई नै छाडेर गयो । म कसरी बिर्सौ रु यो असैह्य पिडा ?

उनले भक्कानिदै भने ।

निकै कठोर तपस्यापछि जन्मिएका सुशान्तलाई सम्झिँदै उनका बाबु केके सिंहले भने सुशान्तलाई हामी भगवानको उपहार मान्दथ्यौँ । जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।’ उनी फेरी भक्कानिए ।बिहारका मानिसहरुलाई मद्दत गर्नका लागि धेरै सोचेको जानकारी दिँदै केकेले भने सुशान्तले चन्द्रमामा जग्गा किनेको थियो ।

जग्गा हेर्नका लागि उसले ५५ लाखको टेलिस्कोप किनेको सम्मको कुरा मलाई भनेको थियो । उसले त्यो टेलिस्कोपबाट आफ्नो जग्गा हेरिरहन्थ्यो तर अन्तिम दिन तिर आएर उ म सँग पनि बोलेको थिएन । सायद यही परिणामका लागि रहेछ । उनी फेरी भक्कानिए ।

Related Articles

Back to top button
Close