Health

खुशीको खबर, चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप, १ हजार १ सय मानिसमा प्रयोग गर्दा भयो सफल

काठमाडौं, असार १५ । चीनबाट उत्पन्न भएका कोरोना भाइरसको अन्त्य कसरी होला ? भन्ने विषयमा विश्व नै चिन्तित बनिरहेका बेला चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ। चीनबाट नै उत्पत्ती भएको यो भाइरस विरुद्ध चीनले अहोरात्र खटेर खोप र औषधी बनाउने कामलाई निरन्तरता दिइरहेका बेला चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको र यसको असर पनि सकारात्मक देखिएको बताइएको छ ।

सीएनबीजीले खोप विकास गरेको जानकारी चिनियाँ सामाजिक सन्जाल विच्याटबाट पनि दिइएको र यो दोस्रो खोप भएको पनि उल्लेख गरिएको छ । यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ।

१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाएर गरिएको परिक्षणमा यसले सफलता पाएको कम्पनीको दाबी छ । जसले ति मानिसहरुमा उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ। अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

Related Articles

Back to top button
Close