पशुपतिमा घटेको एउटा अनौठो घटना !
काठमाडौं – पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग। थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।
तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग।
वर्षौं पहिला काठमाडौंमा घना आवास थिएन। पशुपति आसपास त झन् बस्ती नै थिएन। त्यतिबेला पशुपतिका मूलभट्टले मन पराएका वा सहयोग पु¥याएका व्यक्तिलाई जहाँ बस्न दियो, घर बनाउन मिल्ने चलन थियो। त्यसरी नै धेरै घर बने। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा ती दुवै रुद्र यसरी नै घरभित्र परेको हुन सक्ने अनुमान गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।
यो समाचार पनि पढ्नुहोस असार, मध्य वर्षायाम । अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ ।
सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?
हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो ।
खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।