News

धादिङ्गमा चट्याङ लागेर २ को मृ त्यु, ७ घा इते

धादिङ्ग, ९ वैशाख । जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ तल्लो मल्डुङ्गमा गएराति ११ बजे चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुक बहादुर खड्काले बताए ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ का ४५ वर्षीय सानुमान तमाङ्ग र सोही ठाउँका २४ वर्षीय का सागर अर्याल रहेका छन् । घाइते हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ का रुपक अर्याल, धन कुमारी तमाङ्ग, तारासिंङ्ग तमाङ्ग, नीर माया तामाङ, ठुली तमाङ्ग,कान्छी तमाङ्ग, सानु तमाङ्ग ,रहेका छन् ।

दुई जना रुपक अर्याल र निरमाया तमाङ्गको काठमाडौँ कीर्तिपुर अस्पतालमा उपचार भैरहेको र ५ जनाको थाक्रे गाउँपालिका वडा नं ३ काे स्वास्थ्य चौकिमा उपचार भै रहेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close