Entertainment

नायिका साम्राज्ञीविरुद्ध भुवनको उजुरी: मनगढन्ते कुरा गरेको भन्दै छानबिन गर्न माग

काठमाडौँ, १८ असार । अभिनेता तथा निर्माता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहविरुद्ध उजुरी दर्ता गराएका छन् । अभिनेता केसीले बिहीबार नेपाल चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएका हुन् ।

केही दिन यता नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै निर्माता भुवन केसीलाई ईंगित गर्दै सार्वजनिक गरेको भिडियो बाहिरिएको थिया जस पश्चात भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत प्रतिउत्तर दिएका थिए । साम्राज्ञीले पछिल्लो समय जापनको अवार्ड कार्यक्रमको विषयमा भुवनलाई नै ईंगित गर्दै आफुलाई दुर्व्यवहार गरेको र अब त्यो कुरा बाहिर र नबोल्न आग्रह गरेको भन्ने अभिव्यक्ति भएको भिडियो सार्वजनिक गरेपछि अभिनेता केसीले संघमा उजुरी दर्ता गराएका हुन् ।

केसीले उनुरीमा लेखेका छन्, केहीदिन यता सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो बारेमा मनगढन्ते र निराधार कुराहरु सार्वजनिक गरिरहेकी देखिएकोले सो विषयमा छानबिन गर्नका लागि म आजीवन सदस्य भएकोले निवेदन गर्दछु । उनले भनेका छन्, म विगत ४ दशकदेखि अभिनय, निर्देशन तथा निर्माणको कार्यमा नियमित छु । यस समय अवधिमा मैले धेरै चलचित्रकर्मीहरुसंग काम गरे ।

सो चलचित्रमा पनि साम्राज्ञीलाई मूख्य भुमिकामा काम गराएको छु । आज ६ वर्ष अगाडि निर्माण भएको चलचित्र ड्रिम्समा मैले उनलाई कुनै किसिमको दुव्यर्वहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ । भएनभएको कुरालाई सामाजिक सञ्जालमा राखी विभिन्न सञ्चारमाध्यममार्फत चरित्रहत्या गर्ने काम भएकोले र सिंगो चलचित्र क्षेत्रको बदनाम भएको अनुमान लगाई यस विषयमा छानबिन गर्न अनुरोध गरेका छन् ।

Related Articles

Back to top button
Close