News

एकाबिहानै थपिए ३२ जना कोरोना सङ्क्रमित

बागलुङ/गण्डकी प्रदेशमा थप ३२ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार बिहान थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताएको हो ।

सङ्क्रमित हुनेमा नवलपरासी पुर्वका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना रहेका छन् ।

सङ्क्रमित हरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

Related Articles

Back to top button
Close