International

अमेरिका र बेलायत एकसाथ आइलागेपछि चीनले दियो यस्तो कडा चेतावनी, हल्लियो विश्व

हङ्कङमा राष्ट्रिय सुरक्षा नीति लागू गर्ने चीनको कदमको बेलायत लगायतका मुलुकहरुले चर्को विरोध गरेका छन् । बेलायतले हङ्कङमा रहेका ३० लाख नागरिकलाई आफ्नो मुलुकमा बसोबासका लागि प्रस्ताव गरेको छ भने अमेरिकी प्रतिनिधिसभामा बैंकहरुमाथि प्रतिबन्धसहितको हङ्कङ स्वायत्तता ऐन ल्याइएको छ ।

प्रतिनिधिसभामा सर्वसम्मतिले पारित प्रस्तावमा भनिएको छ– ‘चिनियाँ अधिकारीसँग कारोबार गर्ने कुनै पनि बैंकलाई जरिवाना गरिनेछ ।’ यद्यपि, यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनुअघि सिनेटले पारित गर्नु आवश्यक छ ।

उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चीनले लागू गरेको सुरक्षा कानूनले हङ्कङको स्वतन्त्रताको उल्लंघन भैरहेको दाबी गरेका छन् । उनले चीनको यो कदमबाट प्रभावित हुने नागरिकहरुलाई बेलायत आउन प्रस्ताव गरेका छन् । हङ्कङमा पहिले बेलायतकै उपनिवेश थियो । तर चीनले यी मुलुकहरुको आलोचनाप्रति कडा प्रतिक्रिया दिएको छ ।

Related Articles

Back to top button