Video

अमेरिकाबाट नायक जीवन लुइँटेलको भावुक सन्देश ( भिडियो )

काठमाडौं / सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करिअर शुरू गर्दै रंगिन दुनियाँमा प्रवेश गरेका नायक जीवन लुइँटेलले भिडियो फिल्म ‘तिर्खा’मा अभिनय गरेसँगै आफ्नो फिल्मी करिअर शुरू गरेका हुन् ।

‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ फिल्ममा छोटो भूमिका निर्वाह गरेका जीवन बिकास आचार्य निर्देशित ‘नसिब आफ्नो’बाट सोलो हिरोको रूपमा उदाए । दुई दर्जन जसो फिल्ममा अभिनय गरिसकेका जीवन एकसमय सर्वाधिक व्यस्त अभिनेताको रूपमा चिनिन्थे ।

बिकास आचार्यले नै निर्देशन गरेको फिल्म ‘नाइ नभन्नु ल’ जीवनको करिअरको टर्निङ प्वाईन्ट भएर आयो । यसै फिल्मबाट जीवन दर्शकको नजरमा बस्न सफल भए । आजका दिनसम्म पनि उनी दर्शकको नजरमा बसिरहेका छन् ।

थुप्रै हिट फिल्म दिएका जीवन लुुुइँटेल नायक मात्र होइनन् कवि पनि हुन् । उनले ‘नायक’ नामक आफ्नो कविता संग्रह बजारमा ल्याइसकेका छन् । रेखा थापासँग जोडी मिल्ने अभिनेताका रूपमा स्थापित जीवनले अभिनय यात्राका क्रममा आफ्नो पुस्ताका प्रायः सबै अभिनेत्रीसँग अन-स्क्रिन रोमान्स गरिसकेका छन्।

लामो समयदेखि अमेरिकामा गुमनाम रहँदै आएका नायक जीवन लुइँटेलले सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । पछिल्लोसमय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सुरक्षित रहन सम्पूर्ण देशबासीलाई नायक लुइँटेलले अनुरोध गरेका छन् ।भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close