News

करन जोहरलाई ब’हिस्कार: अक्षय कुमार र रोहित सेट्टीले फिल्मबाट निकाले

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको पनि दुई साता बितिसकेको छ। यसबीच उनको आत्मह’त्यासँग जोडिएका कैयौं रह’स्यहरूबाट पर्दा खुलिरहेको छ । बलिउडका काला सत्यहरू बाहिरिएका छन् ।

उनको आत्मह’त्यालाई ह’त्याको नाम दिइएको छ र यस कुरालाई छानबिन गर्न लगातार सिबिआई जाँचको माग भैरहेको छ। हरेक दिन सुशान्तका फ्यानहरूले सरकारसँग नयाँ नयाँ सवाल उठाउँदै आन्दोलन गरिरहेका छन् ।

सुशान्त सिंह राजपुत आत्मह’त्या के’समा सबैभन्दा बढी विरोध निर्माता करन जोहरको भैरहेको छ। उनलाई बलिउडमा नेपोटिज्म फैलाएको र स्टार किडलाई मात्र प्राथमिकता दिएको आ’रोप लागेको छ। सुशान्तको आत्मह’त्याको कारण पनि करन जोहर नै हुन् भनेर सुशान्तका फ्यान तथा अन्य सेलिब्रेटीले करनलाई ब’हिस्कार गरिरहेका छन् ।

यसैबीच बहुप्रतिक्षित फिल्म ` सूर्यवंशी´ बाट करन जोहरलाई निकालिएको खबर बाहिरिएको छ। यस फिल्ममा अभिनेता अक्षय कुमारलाई मुख्य भूमिकामा देख्न सकिनेछ। लकडाउनले गर्दा फिल्मको रिलिज मिति पछाडि सारिएको छ। खबरका अनुसार, हाल करन जोहरको माहोल ठिक नभएकाले उनको पैसा फिर्ता दिएर उनलाई फिल्मबाट निकालिएको हो।

फिल्ममा करन जोहरको पनि लगानी रहेको थियो। करनलाई लिएर मानिसहरूको धारणा न’कारात्मक भएकाले फिल्ममा यसको प्रत्यक्ष असर पर्नसक्ने अनुमान गर्दा अभिनेता अक्षय कुमार र निर्माता निर्देशक रोहित सेट्टीले करनलाई फिल्मबाट निकालेका हुन्।

Related Articles

Back to top button
Close