Video

नेपालमै सकुशल जन्मिए अत्यन्तै दुर्लभ शिशु : चमत्कारीक शक्ति हुने विश्वास [भिडियोसहित]

काठमाडौ । नेपालमा एक दुर्लभ शिशुको जन्म भएको छ । डडेल्धुरा अस्पतालमा पानीको फोकासहित अनौठो बच्चाको जन्म भएको छ । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना विश्वभर प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको हो । डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले शनिबार जुम्ल्याहा सन्तान (छोरा) लाई जन्म दिएकी हुन् । जुम्ल्याहा मध्ये दोस्रोपटक निकालिएका बच्चा पानीको थैलीसहित जन्मिएको हो ।

बच्चाको तौल २.६ किलोग्राम रहेको जानकारी दिइएको छ । डाक्टर शाहका अनुसार अनुसार यस्तो घटना ८० हजार जन्ममा एकजनामा हुने गर्दछ । सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुट्ने गर्दछ । तर चिकित्सकले ती बच्चालाई पानीको थैलीसहित बाहिर निकालेका छन् । थैलीसहित त्यहाँका चिकित्सकले बच्चालाई सकुशल थैलीबाट बाहिर निकालेका हुन् । परम्परागत विश्वासलाई मान्ने हो भने यसरी जन्मेको बच्चा आत्मिक र जादुगर हुन्छन् ।

यस्तै, बच्चा र आमा बुवा दुवैका लागि शुभ संकेतको रुपमा पनि हेरिन्छ । ‘इन काउल’ सँगै जन्मेको बच्चा दुर्लभ हुन्छन् र यस्तो जन्म विरलै हुन्छ । स्वास्थकर्मी वा चिकित्सकले पनि आफ्नो जीवनभर यस्तो जन्म मुस्किलले मात्र देख्न पाउछन । उनका अनुसार यदि बच्चा पानीको बेलुनभित्र अर्थात् इन काउलसँगै जन्मेको छ भने आफूलाई भाग्यमानी ठान्नुपर्ने हुन्छ । सफलतापूर्वक शल्यक्रिया गरी यस्तो दुर्लभ प्रसूति गर्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको उहाँले जानकारी दिनुभयो । अस्पतालका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button