News

सुशान्तको अन्तिम फिल्मको ट्रेलरले रेकर्ड राख्दै रुवायो सबैलाई (हेर्नुहोस् )

काठमाडौं / नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । सार्वजनिक भएको एक दिन पनि नबित्दै यो ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।

चलचित्रको ट्रेलरमा ५० लाख लाइक आउँदा जम्मा १६ हजार मात्र डिसलाइक आएको छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ । क्यान्सरसँग लडिरहेकी एक युवती र एक युवक बीचको प्रेम कथामा चलचित्र बनेको छ । चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छन् ।

ट्रेलर हेर्न यहाँ थिच्नुहोस् ।

Related Articles

Back to top button
Close