News

स्वास्थ्य सामग्री लिन हिमालयन एयरलाइन्सको जहाज भोली चीन जाँदै

काठमाडौं : स्वास्थ्य सामग्री लिन निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सको विमान चीन जाने भएको छ।हिमालय एयरलाइन्सको एयरबस ३३२ विमानले आइतबार साँझ ५:३० बजे चीनतर्फ उडान भर्न लागेको हो। स्वास्थ्य सामग्रीको कार्गोसहित फर्कने यो जहाज सोमबार बिहान ७:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपालबाट खाली विमान जाने र चीनबाट स्वास्थ्य सामग्री लिएर आउने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। हिमालय एयरलाइन्सले उडानको लागि अनुमति लिइसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

उनका अनुसार एयरलाइन्सको विमानमा कुनै प्राविधिक समस्या नआएमा उडान हुने निश्चित छ। लकडाउन अवधिभर ६ वटा कार्गो उडान भइसकेको र सातौंपटक यो विमानले चीनमा उडान भर्न लागेको क्षेत्रीले जानकारी दिए।अहिलेसम्म चीनबाट चार, सिंगापुरबाट एक र दुबई सारजाहाबाट एक गरी नेपालमा ६ पटक कार्गो उडान भरिएको छ।

Related Articles

Back to top button
Close