News

हेलिकप्टर लिएर सिन्धुपाल्चोकमा बाढी गएको स्थानमा जाँदै सभामुख अग्निप्रसाद सापकोटा

काठमाडौं -सभामुख अग्निप्रसाद सापकोटा गृह जिल्ला सिन्धुपाल्चोक जान लागेका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा गएरातीदेखि वर्षासँगै आएको भिषण बाढीले ८ घर बगाएर धनजनको क्षती भएका बेला उनी गृहजिल्ला जान लागेका हुन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले घर बगाएर क्षति गरेपछि उद्दारका लागि उनी हेलिकप्टर लिएर त्यसतर्फ जान लागेका हुन् ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ जम्बुमा १५ घर बगाउदा १९ जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

Related Articles

Back to top button