News

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक यस्तो तल्लो स्तरको टिप्पणी (भिडियोसहित)

काठमाडौं– भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ ।प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ ।यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

हेर्नुहास् भिडियोः

Related Articles

Back to top button
Close