News

सिन्धुपाल्चोक बाढी पहिरोले घरबारविहीन परिवारलाई समाजसेवी ईशा गुरुङको ५० हजार सहयोग

सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले ३२ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो । स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार ३३ घरका २२ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ ।

बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।

जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो । ‘घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।

सिन्धुपाल्चोक बाढी पहिरोका घाइतेलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ । त्यस्तै समाजसेवी ईशा गुरुङले बाढी पहिरोबाट घरबारविहीन भएका परिवारलाई ५० हजार सहयोग गर्नु भएको छ । यसअघि पनि बझाङ र बाग्लुङका पहिरो पीडितलाई समाजसेवी गुरुङले सहयोग गरिसकेका छन् ।

Related Articles

Back to top button
Close