News

सिन्धुपाल्चोक बाढी पहिरो पीडितलाई ‘इन्द्रेणी’को ४ लाख सहयोग (तस्बिर सहित)

काठमाडौं २६ असार / बुधबार राति करिब ११ बजे सिन्धुपाल्चोक जम्बुमा बाढी पहिरोले दुई दर्जन भन्दा बढी घर बगाउँदा २ जनाको ज्यान गएको छ भने बेपत्ता २० जनाको अझै खोजिकार्य भइरहेको छ ।

त्यस्तै बाढी पहिरोबाट पीडित परिवारहरुलाई लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ टिमले हिजो सिन्धुपाल्चोक पुगेर खाद्यान्न सामाग्री सहित नगद रु ४ लाख सहयोग गरेका छन् ।वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले सिन्धुपाल्चोक जम्बु बजार पुगेर बाढी पहिरो पीडितलाई सहयोग गर्नु भएको हो ।

जहाँ दुखी गरिब त्याहा इन्द्रेणी भन्ने पछिल्लो समय नारा नै बनेको छ , यसअघिपनि विभिन्न ठाउँमा पुगेर गरिब दुखीलाई सहयोग गर्दै आइरहेका इन्द्रेणी टिमले लकडाउनको समयमा समस्या परेका थुप्रै दिनदुखीको चुल्हो बाल्न सहयोग गरेको थियो ।

Related Articles

Back to top button
Close