News

ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएका अर्जुन क्षेत्री फेरि यस्तो काण्डमा समातिए

काठमाडौं । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा गत वर्ष पक्राउ परेका अर्जुन क्षेत्री फेरि पक्राउ परेका छन् । गएको २१ जेठ २०७६ मा पनि पक्राउ परेका क्षेत्री आफूलाई ज्योतिषी बताउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ

अविशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।

Related Articles

Back to top button
Close