Entertainment

राजेश हमालको समर्थन गर्दै दीपाश्रीमाथि यसरी आक्रोश पोखिन् पुजनाले (भिडियोमा हेर्नुहोस् )

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलामाथि अभिनेत्री पुजना प्रधानले आक्रोस पोखेकी छिन् । महानायक राजेश हमाललाई ‘राजेश हमाल महानायक हो र ? ’ भन्दै विवादास्पद अभिब्यक्ति दिएको भन्दै उनी दीपाश्रीमाथि खनिएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत एक भिडियोमा अभिनेता हमालको समर्थन गर्दै नेपाली चलचित्रलाई काँधमा बोकेका राजेश हमाललाई दिइएको टाइटल नेपाली दर्शकले दिएको बताएकी छिन् । उनले भिडियोमा यस बिषयमा कसैले प्रश्न उठाउन पनि नहुने बताएकी छिन् ।

उनले दीपाश्रीको कुरा सुनेर अचम्म परेको बताउदै दीपाश्रीको कुरा सुनेर उनीलाई ‘महानायिका’ र दीपकराज गिरीलाई ‘महानायक’ भनेर संवोधन गर्नुपर्ने बुझेको बताइन् । भिडियोमा उनले दीपक र दीपा कमेडीका लागि मात्र भएको र हास्नकै लागि हलसम्म नभई टेलिभिजन सेटमै कमेडी कार्यक्रम आइरहेको बताइन् ।

उनले राजेश हमाललाई बच्चादेखि बुढासम्म सबैले चिनेको र देशदेखि विदेशसम्म पहिचान बनाएका उनको योगदानको कदर गर्नुपर्ने बताएकी छिन् । उनका भनेका कुराहरु भिडियोमा हेर्नुहोस्

Related Articles

Back to top button
Close