कतारमा कोरोनाबाट हजार भन्दा धेरै निको भए : संक्रमित १० हजार पुगे, आज मात्रै ९२९ जना भेटिए
कतारमा कोरोना भाइरसबाट एकैदिन ९ सय २९ जना संक्रमण भएका छन्। आज कतारमा पछीलो २४ घण्टामा २,५८४ जनामा जाँच गर्दा थप ९२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएका हुन्।
जसमध्य ८३ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १०२८७ पुगेको छ । यो संख्या हाल सम्मकै उच्च हो ।
हालसम्म १,०१२ जना निको भएर घर फर्किएका छन् भने ९,२६५ जना उपचारत छन् । आज सम्म ८२,२८९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
कतारमा कोरोना भाइरसको जोखिमलाइ मध्यनजर गर्दै आइतबारबाट अर्को सूचना जारी नभएसम्म बाहिर हिड्दुल गर्दा अनुवार्य मास्क प्रगयोग गर्नुपर्ने नियम लागु गरिएको छ । यस नियम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।