बिहे गर्ने भनिएकै वर्ष टुट्यो सुशान्त र अंकिताको प्रेम… कारण यस्ताे थियाे?
प्रतिभावान बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको पनि महिना दिन पुग्न थालेको छ। तर पनि उनका फ्यानहरूले उनलाई एक पलका निम्ति पनि भुल्न सकेका छैनन्।
सुशान्तको मृ’त्युपछि उनीसँग जोडिएका थुप्रै कुराहरू बाहिर आए। उनको प्रेम सम्बन्धका कुराहरू बाहिर आउँदै गर्दा उनकी पूर्व प्रेमिका अंकिता लोखण्डेको निकै चर्चा भैरहेको छ। सुशान्त र अंकिता टेलिसिरियल `पवित्र रिस्ता´मा भेटिएका थिए। संगै काम गर्दै जाँदा एक अर्काको राम्रा साथी बनेका यी दुबै बीच प्रेम अङ्कुरायो।
प्रेम झाङ्गिंदै गएपछि सुशान्त र अंकिता सार्वजनिक समारोहहरूमा एक साथ देखिन थाले र पब्लिकमै आफ्नो सम्बन्धबारे खुलेर कुरा गर्न थाले। उनीहरूले एक अर्काको साथमा वर्षौँ बिताइसकेका थिए र सँगै पनि बस्दथे। दुबैले बिहेको मिति सन् २०१६ तोकेका थिए।
बिहे हुने भैसकेपछि सुशान्त र अंकिता सँगै घुम्न गएका फोटोहरू सोसल मिडियामा आउन थालेका थिए। फ्यानहरूले यो जोडीलाई निकै रुचाएका थिए। सन् २०१६ को डिसेम्बरमा दुबैको बिहे हुने खबर बाहिरिएको थियो।
यसअघि दुबै गोवा घुम्न गएका थिए। तर गोवाबाट फर्कनेबित्तिकै दुबैको सम्बन्धमा दरार आएको थियो। कारण, अंकिता सुशान्तको मामिलामा निकै आशक्त थिइन्। सुशान्तले बलिउडमा कदम राखिसकेकाले धेरै समय अंकितालाई दिन सक्दैनथे। सुशान्त बलिउडमा केही गर्न चाहन्थे। यसै कारणले उनी प्रायः व्यस्त रहन्थे।
अंकिता आफूलाई सुशान्तले महत्त्व दिऊन् भन्ने चाहन्थिन्। एक छिनका लागि पनि सुशान्तलाई छोड्न सक्दिनथिन् तर सुशान्त आफ्नो करियरमा फोकस गर्न चाहन्थे। यसै कारणले गर्दा यो सुन्दर जोडिका बीच दूरी बढ्यो। अन्ततः यिनीहरूले छुट्टिने निर्णय गरे। उनीहरू त्यही साल छुट्टिएका थिए जुन साल यिनीहरूको बिहे हुने भनिएको थियो।
सुशान्त र अंकिताको ब्रेकपपछि भारतीय मिडियाहरूले सुशान्तलाई दोषी ठहर्याउँदै अनेकौं समाचारहरू बनाए। ठूलो पर्दामा जमिसकेकाले सुशान्तले अंकितालाई धोका दिएको भनिएका समाचारहरू सोसल मिडियाहरूमा भाइरल भए। तर सत्य के हो, भन्ने विषयमा न कहिल्यै सुशान्तले सफाइ दिए न त अंकिताले नै दिइन्। मानौँ, दुबैले एक अर्कालाई मनमनै प्रेम गरिरहे।
भनिन्छ, आफ्नो अन्तिम समयसम्म पनि सुशान्तले अंकिताको नाम भएको आफ्नो घरको नेमप्लेट फेरेका थिएनन् । आज पनि अंकिता सुशान्तको यादमा भावुक बनेकी छन् ।