Entertainment

भन्ने बेला संस्कृति तिजमा यस्तो गित निकाल्ने भन्दै आस्था रिसाउदै फेसबुकमा यस्तो लेखिन

भन्नेबेला संस्कृतिको चिन्ता छ भन्ने अनि जब दशैं, तिहार, तीज आयो तब वाहियात गीत निकाल्ने ? तिज आयो गाईजात्रा नै निकाल्ने ? खालि कसरी भाईरल हुने सोच राख्ने ! Any how पैसा कमाउ जस्तै देखियो त गाँठे !!! अनि यस्तो किन गरेको ? भन्दा फलानो ढिस्कानोको नाम दिनी… दिनै परे राम्रो Example देऊ न साथी हो हैट् !!! हाम्रा चाडपर्व हाम्रा गर्व हुन् । कम्तिमा कलाकार भएपछी ती गर्वका कुराहरुलाइ कसरी गौरवान्वित बनाउने त सोच्नुपर्यो नि हैन ? कि अझै विकृति फैलाउन तर्फ उन्मुख हुने हो हँ?

धेरैजस्तो दर्शक स्रोता पनि आजकल धेरैजसो चाहिने information अनि राम्रो गीत संगीतलाई भन्दा पनि Gossip, उद्दण्ड, उत्ताउलोे, छाडा, छेउ न टुप्पोको कुराहरुमा Interest दिने र त्यस्तै गीतहरुलाई प्रोत्साहन दिने भएरै यस्तो कृयाकलापहरुमा मान्छेहरुको मनोबल बढेको हो जस्तो लाग्छ मलाइ । नराम्रा कुराहरुले किन प्रश्रय पाइरहेका छन् ? किन यस्ता चिज मात्र मान्छेलाइ मन पर्न थालेको हो ?

‘यहाँ कला भन्दा चर्तिकला हाबि हुँदै छ’.. खबरदार !!!!! समय मै सबै सजक हुनुहोस, नत्र सबैको जिन्दगीमा राम्रा कुरा भन्दा TOXIC कुराहरु हाबी हुन्छन् अनि त्यसले न तपाईलाई राम्रो गर्छ न तपाईको परिवारलाई न समाजलाई न राष्ट्रलाई……

Tiktok हेर्यो त्यस्तै हेर्नै सुन्नै नसक्ने नेपालीहरु viral छन्, उफ्फ…. गीत सुन्यो, हेर्यो त्यस्तै…… Trending newsहरु पनि चाहिने भन्दा नचाहिने कुरा धेरै ?? हैन हुन चाहिँ के लागेको हो हाम्रो नेपाली समाज र दिमागमा !!!??? उदेक लागेर आईसक्यो कस्सम !!!! एउटा कलाकार भएको नाताले यती कुरा नलेखी बस्न सकिन ? So, Please Lets analyze ourself and do what’s better for us, our family and our society. ?
जय नेपाल ! जय नेपाली !! जय दर्शक स्रोता ??

Related Articles

Back to top button