Entertainment

सुशान्तको ‘दिल बेचारा’ रेकर्ड ब्रेक ट्रेलरपछी टाइटल गीत सार्बजनिक

एजेन्सी/ बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ को टाइटल गीत सार्वजनिक गरिएको छ । गीतलाई युट्युवमार्फत सार्वजनिक गरिएको हो । अमिताभ भट्टाचार्यको शब्द रहेको गीतमा एआर रेहमानको स्वर रहेको छ भने रेहमानले नै कम्पोज र एरेन्ज गरेका हुन् । मुकेश छाबडाले निर्देशन गरेको गीतको भिडियोलाई फराह खानले कोरियोग्राफ गरेकी हुन् ।

गीतको लागि सुशान्तले एक दिन मात्रै तयारी गरेका थिए भने गीतलाई एक टेकमा नै सुट गरिएको बताइएको छ । फिल्ममा सुशान्तको अपोजिटमा नायिका सञ्जना सांघीको अभिनय रहेको छ । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । हेर्नुस गीतको भिडियो यस्तो बनेको छ

युट्युबमा सार्वजनिक भएको गीतको भिडियोमा २४ घण्टा नबित्दै झन्डै २ करोडको नजिक भ्युज आईसकेको छ भने गीतमा ३४ लाख बढी लाईक आइसकेको छ । यस्तै भिडियो युट्युव नेपाल ट्रेनडिंगको पनि १६ औ स्थानमा आईसकेको छ । २४ जुलाईमा डिज्नी हटस्टारमा अनलाईन रिलिज हुने फिल्मको केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक गरिएको एक दिनमा नै युट्युवमा विभिन्न रेकर्ड राखेको थियो ।

ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ । यतिबेला ट्रेलर पनि युट्युब नेपालको ट्रेनडिंगमै छ । यो समाचार तयार गर्दासम्म ट्रेलर ट्रेनडिंगको दोश्रो स्थानमा रहेको छ भने ६ करोड ४४ लाख १७ हजार बढी पटक हेरिएको छ । ट्रेलरले लाईक मात्र यो ४ दिनको अबधिमा झन्डै १० लाख पाएको छ । झन्डै ६ लाख सकारात्मक कमेन्ट आएको ट्रेलरलाई ४८ हजारले डीसलाईक गरेका छन् ।

Related Articles

Back to top button
Close