Entertainment
अभिनेत्री रेखा थापाको भाईरल योगा पोज (फोटो सहित)
काठमाडौँ/ लोकप्रिय नायिका रेखा थापा आफ्नो कलाका कारण बेला बेलामा चर्चामा आइरहिन्छन् । कहिले राजनीति, कहिले प्रचण्डसँगको नृत्य, पार्टी परिवर्तन, बौद्धिक बहस, फिल्म निर्माण, लगायतका विषयमा चर्चा कमाएकी यि सुन्दरी नायिका यतिबेला भने आफ्नो पुस अप पोजको तस्विरका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।
शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएको दृश्यलाई रेखा आँफैले ट्लिट गरेकी हुन् । व्यायामको दृश्य पोष्ट गर्दै रेखाले अगाडी लेखेकी छिन् सन्तुलन सबै चीजको मुख्य विषय हो ।
उनले अगाडी लेखिन् खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको छ । उनी आफ्नै निवासमा योग गरिरहेकी छन् । फिटनेस ट्रेनर विजु पार्कीसँग उनले योग सिकिरहेकी छन् ।