News

दुबइमा लकडाउन अवधिमा ८९ जना नेपालीको ज्या’न गयो

अबधिभर ८९ जना नेपालीको ज्या’न गएको छ ।
गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्या’न गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्य’ान गएको हो । कोरोनाका कारण ज्या’न गु’माउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा (लकडाउन अवधिभर) यूएईमा ८९ जना नेपालीको ज्य’ान गएको दूतावासले जनाएको छ ।

४२ जनाको अन्त्येष्टि यूएईमै ज्यान गुमाएका ८९ मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । ​यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले ज्या’न गु’माएका हुन ।त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको श’व नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको श’व अझै पनि विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।

यूएईबाट क–कस्को श’व नेपाल लगियो ?यूएईमा ज्य’ान गुमाएका ८९ जनामध्ये शनिबारसम्ममा ११ जनाको शव नेपालमा आफन्तले बुझेका छन् । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्या’न गु’माएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको श’व गएको जुन १९ को पहिलो उडानमा पठाइएको थियो ।

त्यस्तै, धनुषाका वीरेन्द्र दास, उदयपुरका टुकबहादुर बुढाथोकी, काठमाण्डौकी सगीता घलाङ, महोत्तरीका श्रीचरण यादव, भोजपुरका खगेन्द्र गिरी, स्याङ्जाका प्रेमबहादुर थापा र राजेन्द्र विक, सर्लाहीका देवनारायण महतो सुडी, खोटाङका इन्द्र कटुवाल र सप्तरीका राम सेवक खाङको शव नेपाल पठाइएको दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।लकडाउनका कारण उडान नहुँदा यहाँ ज्यान गुमाउनेको श’व नेपाल पठाउन सकिएको थिएन ।

शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतीक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गर्दै आएको र दूतावासले परिवारसँगै विभिन्न निकायसँग शव व्यवस्थामा समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

Related Articles

Back to top button
Close