News

साउन १ गतेदेखि नै उपत्यकामा साझा यातायात चलाउने तयारी

काठमाडौं ।साझा यातायातले बस सञ्चालन गर्ने तयारी गरेको छ। सरकारले तोकेका मापदण्ड पुरा गरेर साझा यातायात सञ्चालनको तयारी थालिएको बताइएको छ ।

सार्वजनिक यातायात सञ्चालक समितकिा अनुसार सकेसम्म साउन १ गतेदेखि नै साझा यातायात सञ्चालन गर्ने तयारी रहेको बताईएको छ । लामो समयदेखि जारी लकडाउनका कारण थन्किएका गाडीको हाल मर्मत सम्भारको भइरहेको छ ।

सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने छ त्यस्तै यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने बताईएको छ ।

Related Articles

Back to top button
Close