News

कस्तो भाग्यमानी जोडी ! नेपाल प्रहरीमा कार्यरत यो श्रीमान/श्रीमतीको जोडी एकैपटक डिएसपी बन्दै

नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ ।

प्रहरीमा श्रीमान/श्रीमती नै एकैपटक डिएसपी हुन लागेका हुन्, शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी । उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन् । प्रहरी संगठनभित्र उनको व्यवसायिक र निडर अधिकृतको छवि छ ।

अनिलकुमार घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । घिमिरे पनि क्षमतावान र व्यवसायिक प्रहरी अधिकृत हुन् । साभार : काठमाडौँ टुडे डटकम

Related Articles

Back to top button
Close