News

श्रीमतीलाई ‘दे ह त्याग’ गर्न बाध्य बनाएको आरोपमा श्रीमान कारागार चलान

श्रीमतीलाइ आ त्म ह त्या गर्न दु रुत्सहान गरेको आ’रोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

२० वर्षीया आशा कुँवर असार ५ गते गोठमा झु ण्डिएको अवस्थामा मृत फेला परेकी थिएन । त्यसपछि युवतीका माइती पक्षले छोरीलाई झु ण्डीएर म र्न बा ध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्मह त्या दु रुत्साहनको मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएका हुन् भने सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।

मृतक युवतीको माइतीका अुनुसार विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा जन्माउन नसकेको जस्ता आरोप लगाएर मा नसिक या तना दिँदै आएका कारण नै छोरी म र्न बा ध्य भएको आरोप लगाएका छन् । मृतकका श्रीमान नेपाली सेनामा जागिरे रहेका छन् ।

Related Articles

Back to top button
Close