International

बलिउडका अर्का अभिनेतालाई पनि कोरोना संक्रमण

भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण भयावह स्थितिमा रहेको छ ।यो समाचार तयार पार्दासम्म ८ लाख ५३ हजार २ सय ११ जनामा कोरोना भाइसको संक्रमण भैसकेको छ भने २२ हजार ७ सय १८ जनाले ज्यान गुमाइसकेका छन् ।

केही बलिउड कलाकारहरु पनि कोरोना भाइरसको शिकार भइसकेका छन् । अभिताभ बच्चन, अभिषेक बच्चन, बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भैसकेको छ ।

अहिले चर्चित भारतीय टेलिसिरियल “कसौटी जिन्दगीका” को अभिनेता पार्थ सम्राटलाई कोरोना संक्रमण पृष्टी भएको छ । उनी सुटिङमा जान थालेको बताइए पनि अन्य खबरहरु भने आएको छैन । उनलाई कोरोना संक्रमण देखिएपछि सुटिङ रोकिएको छ ।

जुन २७ मा उनले कसौटीको सुटिङ शुरु भएको छ भनेर उनले सामाजिक सञ्जाल इष्ट्राग्राममा एक पोष्ट गरेका थिए ।यसअघि भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको बताएकी थिइन् ।

त्यस्तै ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित भएका थिए ।

मोहनको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको थियो । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना थिए । मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै आएकी थिइन् । अहिले उनको नतिजा नेगेटिभ आएको छ भने उनको भाइ भने कोरोना संक्रमणबाट मुक्त्त हुन सेकेका छैन्न ।

Related Articles

Back to top button
Close