International

दुनियाँकै मन जितेकी अभिनेत्रीलाई क्यान्सरले ३० बर्षकै कलिलो उमेरमा हरायो

काठमाडौं । बलिउड उद्योगका लागि वर्ष २०२० लागि नराम्रो हुँदै गइरहेको छ । बलिउडले धेरै दिग्गज कलाकारहरु गुमाएको छ । यो बीचमा खबर आएको छ कि अभिनेत्री, मोडेल र गायिका दिव्य चौक्सेको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार उनी धेरै दिनदेखि क्यान्सरसँग लडिरहेकी थिइन । दिव्याकी बहिनी सौम्या अमीश वर्माले फेसबुक पोस्ट मार्फत यसबारेमा जानकारी दिएकी छिन् । अभिनेत्री दिव्याले १८ घण्टा अघि उनको इन्स्टाग्राम केही अन्तिम सन्देश सेयर गरेकी थिइन् ।

दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखिन्–‘जे म भन्न चाहान्छु त्यसका लागि शब्दहरू पर्याप्त छैन । हुनसक्छ धेरै शब्दहरू छन् तर एकदम थोरै लाग्छ । म हराएको महिनौं भइसक्यो, सन्देशहरूको अधिकता छ । यो समय हो मैले तपाईंलाई भन्नको लागि, म आफ्नो मृत्यु शैय्यामा छु । हो यस्तै छ, तर म आफुलाई बलियो महसुस गर्छु । त्यस्तो जीवनको लागि जहाँ कुनै संघर्ष हुँदैन । कृपया कुनै प्रश्न सोध्नुहोस् । तपाईं मेरो कत्तिको मतलब गर्नुहुन्छ रु केवल भगवानलाई थाहा छ ।’

सन् २०११ मा दिव्य मिस यूनिवर्सको प्रतिस्पर्धी थिइन । सन् २०१६ मा, उनले फिल्म ‘अपना दिल तो आवारा’ फिल्मबाट बलिउड डेब्यू गरेकी थिइन । सन् २०१८ मा, दिव्याले ‘पटियाले दी क्वीन’ मा गीत गाउँदै गायिकामा डेब्यू गरेकी थिइन् । दिव्याको मृत्युको खबर सुनेर उनीसँगै काम गर्ने कलाकारहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यसमा साहिल अहमद, अंजुम फकीह, निहारिका रायजादा पनि रहेका छन् । दिव्या भोपालको अधिवक्ता परिवारसँग सम्बन्धित थियो । उनले भोपालबाट विद्यालय स्तरको अध्यन गरेकी थिइन् । यस पछि दिल्लीबाट स्नातक तहसम्मको अध्यन गरिन् । यससँगै, उनले बेलायतको बेडफोर्डशायर विश्वविद्यालयबाट अभिनय कोर्स पनि अध्यन गरेकी थिइन् ।

Related Articles

Back to top button
Close