Video

जब शिशिर भण्डारीले २३ जना भोका अनाथलाई खाना खुवाउँदै भने- कुनै समय काठमाडौंमा घरभेटीलाई घरभाडा तिर्न नसकेर लुकी-लुकी हिड्ने म,अरुसँग एकछाक बाँडेर खान सक्ने भएछु (भिडियो हेर्नुस)

लकडाउनको समयमा काठमाडौंमा भोको रहेका बिपन्न परिवार, अपाँग तथा अनाथ बालबालिकाहरुलाई आफुले सकेको सहयोग गर्न समाजसेवी तथा कलाकार शिशिर भण्डारी अघि सरेका छन् । यसअघि घरबाटै धेरै औषधी उपचार नपाएकाहरुलाई आर्थिक सहयोग गरेका शिशिरले अब आफ्नो व्यक्तिगत र सबैसँग सहयोग उठाएर पिडितहरुको घाउमा मल्हम लगाउन लागेका हुन् । जस अन्तर्गत उनले भर्खरै एक अनाथ आश्रममा सहयोग गरेका छन् ।

शिशिरले फेसबुकमा मनैछुने स्ट्याटस लेख्दै भनेका छन्, कुनै समय काठमाडौंमा घरभेटीलाई घरभाडा तिर्न नसकेर लुकी-लुकी हिड्ने म,अरुसँग एकछाक बाँडेर खान सक्ने भएछु । तर यसपाली पनि घरभेटीलाई भाडा भने तिरेको छैन, बरु घरभेटीलाई भनेको छु- दाई, तपाई हामी त मिठो मसिनो खान सक्ने छौं, यो बेला अप्ठेरोमा परेकाहरुलाई खुवाऊँ है, घरभाडा अर्को महिना दिउँला । बुझ्दैछु, अरुसँग बाँडेर खान धन हैन, मन नै चाहिन्छ ? शिशिरले काठमाडौंको फ्युचर होप नेपाल नामक एक अनाथ आश्रममा आफुले सकेको खाद्यान्न सहयोग गरेका हुन् । (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close