News

सुस्मिताको ह त्या आरोपितलाई आजीवन ‘कैद’ माग

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह त्या आ’रोपमा प’क्राउ परेका ससुरा र नन्दलाई सरकारी वकिल कार्यालय मकवानपुरले आजीवन ‘कैद’ स’जायको माग दाबी गर्दै आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । उक्त घटनामा पाँच जनामाथि अभियोग पत्र दर्ता भएको हो ।

५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई आजीवन ‘जेल’ स’जायको माग दाबी गरिएको छ । अर्की नन्द दुर्गा थापा र उनका पति अरुण कार्कीलाई ह त्यामा ष ड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ । कार्की भने ‘फरार’ छन् ।

पक्राउ परेकी सासू तुलसाकुमारी थापालाई घ’टनाको म’तियार भएको आ रोप लगाउँदै साढे १२ वर्ष ‘जेल’ स’जायको माग दाबी गरिएको जिल्ला न्यायाधिवक्ता फणीन्द्र कटुवालले बताए । असार १ राति घरकै भान्सा कोठामा काठको लौरो र सिलौटाले टा’उकामा हि’र्काएर सुस्मिताको ह त्या गरेको उनीहरूमाथि आ रोप छ ।

२०७६ वैशाखमा बिहे भएका सुस्मिताका पति रूपेन्द्र थापाको ०७६ असोज २३ गते मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भएको थियो ।

यो पनि – विश्वभर एकैदिन थपिए २ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित

महामारीका रुपमा फैलिरहेको कारोनाबाट पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर २ लाख ३० हजारभन्दा बढी मानिस कोरोना संक्रमित भएसका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विगत २४ घण्टामा २ लाख ३० हजार ३ सय ७० संक्रमित थपिएका हुन । अहिलेसम्म एकै दिन संक्रमित हुनेको संख्या यो सबैभन्दा धेरै हो । यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए।

योसँगै विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ भने ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिका र ब्राजिलमा थपिएका छन् ।

दक्षिणपूर्वी एसियामा ३३ हजार १ सय ७३ र भारतमा २८ हजार ६ सय ३७ नयाँ संक्रमित थपिएका छन् । भारतमा २४ घण्टामा ५ सय ५१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा थप ८ हजार १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close