International

अभिनेत्री सारा अलि खानको ड्राइभरमा देखियो कोरोना संक्रमण

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री सारा अली खानको ड्राइभरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ड्राइभर कोरोना पोजेटिभ भएको बारे अभिनेत्री साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले ड्राइभरलाई कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परिक्षण गराएको बताएकी छिन् । यसअघि पनि बलिउड महानाकको परिवारलाई कोरोना संक्रमण भएको थियो ।

शनिबार राति अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण देखिएको थियो भने आइतबार पनि अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या र नातिनी आराध्यामा कोरोना संक्रमण देखियो ।

अहिले अमिताभ र अभिषेकको मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् । त्यस्तै अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button