News

साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय

बाँके। कोरोना भाइरसको जोखि’म घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अनुसार गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा र कुनै वि’षम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो।

त्यस्तै ‘संघीय सरकारले कुनै निर्देशन पठायो भने अलग पाटो हो, नभए साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ उहाँले भनुभयो , ‘विद्यालयमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षिय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेका हौं।’ ‘कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उनले भने।

यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको अनुसार गाउँपालिकाले कोरोना भाइरसको संक्रमण निय’न्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा विद्यालयका भवनलाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । त्यस्तै विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई सेनिटाइज गरिने छ।

Related Articles

Back to top button
Close