News

अहिलेसम्मकै दु:खद दृष्य : १९ जनाको सामूहिक अन्त्येष्टि

काठमाडौ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा अहिलेसम्मकै दुखद दृष्य देखिएको छ । पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको दृष्यले सबैको आँशु खसालेको छ । यो नेपालीको हरेक बर्षको विधाता हो । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टि गरिएको हो ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्त र परिवारलाई लाश बुझाइएको हुँदा उनीहरु सबैको सामूहिक तथां एकल रुपमा दाहसंस्कार भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै ठाउँमा अन्त्येष्टि गरिएको थियो । प्राकृतिक विपत्तिले तहसनहस भएको पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएका लाशलाई अन्तेष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।

मराङको पहिरोमा परेकामध्ये १९ जनाको लाश भेटिए पनि २ जना अझै बेपत्ता छन् । मराङ र विममा गएको पहिरोका कारण ठूलो धनजनको क्षति भएको हुँदा सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ । यसै गरी मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको लाश फेला परेका ८ जनाको अन्त्येष्टि गरिएको जनाइएको छ । बिहीबार राति आएको पहिरोमा परेर पुरिएकाहरुको लाश शनिबार मात्रै निकालिएको थियो । पहिरोमा परेर मालिका–७, विमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close