International

चीनबाट भागेकी एक महिलाले कोरोनाबारे चीनले तथ्य लुकाएको भन्दै जब बबाल सिर्जना गरिन्

काठमाडौं । विश्वव्यापी महामारीको कोरोना भाइरसले संसारभर १ करोड ३२ लाख भन्दा धेरै मानिसहरूलाई संक्रमित भैसकेका छन् । कोरोना भाइरसको कारण विश्वभर ५ लाख ७५ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भैसकेको छ । विश्वले कोरोनाभाइरस चीनको वुहानबाट कोरोना संक्रमण सुरु भएको आरोप लागेको छ । तर कोरोनालाई लिएर सत्य लुकाउन खोजेको आरोप विश्वव्यापी आरोपहरूको सामना गरिरहेको छ । यसैबीच, बेइजिङबाट भागेकी एक महिलाले कोरोनाबारे चीनले तथ्य लुकाएको भन्दै बबाल सिर्जना गरेकी छिन् ।

वास्तवमा, हङकङबाट आफ्नो ज्यान बचाएर अमेरिका पुग्ने एक विषाणविज्ञले खुलासा गरेकी छ कि कोभिड–१९ को बारेमा धेरै पहिले चीनलाई जानकारी थियो भन्दै बयान दिएकी छिन् । उनले भनिन, ‘कोरोना भाइरसबारे विश्वलाई बताउनु भन्दा पहिले नै चीन यस भाइरसको बारेमा सचेत थियो । चीन सरकारको उच्च तहमा यस सम्बन्धमा निर्णय लिइएको थियो र जानकारी लुकाईएको थियो ।’

‘हङकङ स्कूल अफ पब्लिक हेल्थमा भाइरस र इम्युनोलजी विशेषज्ञ’ लि–मेङ्ग यानले शुक्रबार अमेरिकाको फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा केही प्रमुख खुलासा गरेकी हुन् । उनले महामारीको सुरुमा महामारीलाई लिएर आफुले गरेको अनुसन्धानलाई पर्यवेक्षकहरूले पनि वेवास्ता गरेको आरोप लगाएकी छिन् । जो यस विषयमा विश्वका शीर्ष विशेषज्ञहरू हुन् । उनी विश्वास गर्छिन कि यदी उनले गरेको अनुसन्धानलाई उनका पर्यवेक्षकहरूले गम्भीर रुपमा लिएको भए धेरैको जीवन बचाउन सकिन्थ्यो ।

यानले उक्त अन्तर्वार्तामा भनिन, ‘म विश्वमा कोभिड–१९ बारे अध्ययन गर्ने पहिलो थोरै वैज्ञानिकहरू मध्ये एक हुँ । चिनियाँ सरकारले यसको भित्री रहस्य लुकाउनका लागि विदेशी यहाँसम्मकी हङकङका विज्ञहरुलाई पनि अनुसन्धानमा संलग्न हुन दिएन ।’ उनले बताए अनुसार उनका छिमेकी चीनबाट आएका साथीहरूले कोरोना भाइरसको बारेमा छलफल गरे तर अचानक नै उनको कुरा गर्ने तरिकामा परिवर्तन भयो । उनलाई लाग्छ सायद यो उनका साथिमाथि चिनियाँ सरकारको दबाब थियो ।

यानले भनिन, ‘हिजो सम्म विज्ञहरु खुला रुपमा भाइरस बारे छलफल गर्थे तर आज अन्वेषकहरूलाई अचानक शान्त पारियो । वुहानका डाक्टर र अन्वेषकहरू यस विषयमा चुप लागेर अरूलाई यस सम्बन्धमा जानकारी दिन मान्दैनन् । पछि, वुहान यस भाइरसको केन्द्रको रूपमा देखा पर्‍यो ।’ यानका अनुसार डाक्टरहरूले भने, ‘हामी यसको बारेमा कुरा गर्न सक्दैनौं, तर हामीले मास्क लगाउनु पर्छ। उनीहरूको स्रोतका अनुसार जब मानव–देखि–मानवमा संक्रमण तिव्र रुपमा बढ्न थाल्यो तब यानले ह हङकङ छोड्ने निर्णय गरिन् ।

उनले भनिन, ‘मैले मेरो सामान प्याक गरे र क्याम्पिसमा राखिएको क्यामेरा र सेन्सरहरू वेवास्ता गर्दै अप्रिल २८ मा अमेरिकाको क्याथी प्यासिफिक उडानमा सवार भएँ । त्यस समयमा म सँग केवल पासपोर्ट र झोला थियो । अरू सबै कुरा मैले हङकङमैँ छोड्नुपर्यो ।’ यानले थप्दै भनिन, ‘यदि म त्यहाँ९चीन०मा समातिएको भए मलाई जेल हाल्थे वा गायब गर्दिन्थे ।’ उनले चिनियाँ सरकारले उनको प्रतिष्ठा बिगार्ने प्रयास गरिरहेको आरोप लगाएकी छिन् । यानले कम्युनिष्ट पार्टीले उनलाई चुप राख्नका लागि साइबर हमला गरिरहेको गम्भीर आरोप पनि उनले लगाएकी छिन् ।

Related Articles

Back to top button