International

सारा अलि खानको घरमा पनि पस्यो कोरोना, साराले गरिन् पुष्टि

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानको घरमा पनि कोरोनाले प्रवेश गरेको छ । साराले सामाजिक सञ्जालमार्फत आफ्नो घरमा कोरोना प्रवेश गरेको जानकारी दिएकी छन् । उनको ड्राइभरमा कोरोना पुष्टि भएको बताएकी हुन् ।

कोरोना पुष्टि भएपछि अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ । सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।

आइतवार सारा आफ्ना पिता सैफ अली खानसँग भेट्न पुगेकी थिइन् । सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन । यसअघि आमिर खान र बोनी कपूरका स्टाफ, कलाकार रेखाका सेक्युरिटी गार्डमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड हस्ती अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्य राय र आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close