Video

भारतले अयोध्या कसरी बनायो, बुद्ध भारतले दावी गर्दा नबोल्ने विद्धान किन ओली बिरुद्ध ? [भिडियोसहित]

काठमाडौं । भारतले पटक–पटक भगवान सिद्धार्थ गौतम भारतको बोधगयामा जन्मेको भन्दै भ्रम फैलाउँदै आएको थियो । तर सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनीमा भएको थियो । भारतले यस्का लागि भारतमा नक्कली लुम्बिनी बनाइरहेको पनि खुलासा भएको छ । यो धेरै नेपाली बिद्धवानलाई थाहा छ की भारतले ठूलो खर्च गरेर नक्कली लुम्बीनी बनाइरहेको छ । यस्तो हुँदासम्म नबोल्ने नेपालका केही विद्धवानहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालको हो र भगवान राम नेपालका हुन् भन्दा टाउँको दुख्यो । उनीहरुले तत्कालै प्रतिक्रिया जनाईहाले ।

हो त्यही कारण पनि अहिले रामको जन्मभुमिको विषय चर्चामा रहेको छ । भारतले अहिले जुन ठाउँलाई अयोध्या भन्दै आएको छ त्यहाँ बाबरी मस्जिद रहेको थियो । तर भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीलगायत नेताहरुले उक्त मस्जिदलाई भत्काएका थिए । र त्यसलाई जबरजस्ति अयोध्या भन्न लगाएका थिए । त्यो विवाद त्यहाँ कायमै छ ।

बाबरी मस्जिद अयोध्यामा भारतको एउटा मस्जिद थियो जुन हिन्दुहरूले हिन्दू देवता रामको जन्मस्थल भनेर यस्लाई भत्काएका थिए । यो १८औं शताब्दीदेखि नै हिन्दू र मुस्लिम समुदायहरूको बीचमा विवादको केन्द्र भएको छ । भारतको सर्वोच्व अदालतले पनि बाबरी मस्जिद भएको ठाउँ नै अयोध्या भएको फैसला सुनाइसकेको छ ।

अहिले पनि मुस्लिम समुदाय अदालतको उक्त फैसलाबाट असन्तुष्ट रहेका छन् । भारतमा राम जन्मभुमि विषय लामो समय विवादित हुँदै आएको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपाली भएको बयान दिएपछि बबाल हुनु अति सामान्य कुरा हो ।

भारतको उत्तर प्रदेश राज्यको फैजाबाद जिल्लाको अयोध्यामा एउटा बिबादास्पद मस्जिदको रुपमा बाबरी मस्जिद रहेको थियो । यस मस्जिदलाई सन् १९९२ मा भत्काईएको थियो । यो विवाद एउटा राजनीतिक सभाले गर्दा उत्पन्न भएको थियो जस्मा १,५०,००० मानिसहरू सामेल थिए । सभाका आयोजकहरूले सर्वोच्च न्यायालयमा प्रतिबद्धता जाहेर गरेका थिए कि मस्जिदलाई केही नोक्सान गर्ने छैनौ । दिल्ली, मुम्बई र अन्य ठूला ठूला शहरहरू सहित यस दं गामा २००० भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । मस्जिदको निर्माण सन् १५२७ ईमा बाबर, भारतको प्रथम मुगल सम्राट द्वारा गरिएको थियो ।

दिल्लीको सल्तनत र तीनका उत्तराधिकारिहरू मुगल साम्राज्यका शासकहरू कला र स्थापत्य कलाका महान संरक्षक थिए र यिनीहरूले त्यति बेला कयौं कब्रिस्तान, मस्जिदहरू र मदरसाहरूको निर्माण गराएका थिए तथा पुराना भवनहरूमा फेर बदल गराएका थिए । पछी तुगलक वास्तुकलाको प्रभावमा आएर एक विशिष्ट शैलीका निर्माण गराए र पूरै भारतमा मस्जिदहरू अलगै शैलिहरूमा बनाइयो । अत्यन्त मोहक र सुन्दर शैलीले त्यस क्षेत्रहरूमा विकसित भयो जुन क्षेत्रमा स्वदेशी कला संस्कृतिहरू मजबूत थिए तथा क्षेत्रीय कलाकारहरु परिपक्व थिए ।

यही कारणले यो क्षेत्रीय वा आंचलिक शैलीको मस्जिद क्षेत्रीय मन्दिर वा स्वदेशी शैलीमा निर्मित भवन जस्तै बनेर सामुने आए । भारतको बङ्गाल, काश्मीर र गुजरातका मस्जिदहरुमा भारी भिन्नता आउनुको कारण पनि यही हो की यी मस्जिदहरू त्यहाँको आफ्नो जलवायु, भूमि, र भवन सामग्री वास्तुहरूको उपयोगले बनाईएका थियो । यसैले हो भारतले दावी गरेको अयोध्या विवादित छ । उनीहरुका धर्मालम्बीहरुमा नै विवाद कायम छ । विभिन्न ग्रन्थले रामको जन्मस्थल ठोरी नै देखाउँछ । अब योपनि बहसको विषय अवश्य हो ।From janaboli

Related Articles

Back to top button
Close