News

मेलम्ची सुरुङमा बेपत्ता इञ्जिनियरको शव भेटियो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाकोे सुरुङमा बेपत्ता भएका इञ्जिनियरको शव भेटिएको छ । आयोजनाकोे सुरुङमा परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको हो ।

सुरुङमा पानी परीक्षण गर्ने १७ नम्बरको ड्याम फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएको थियो । बेपत्ता मध्ये २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव भेटिएको हो ।

इञ्जिनियर गोहितको बुधबार दिउँसो ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । बेपत्ता ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको उहाँले बताउनुभयो ।जनता समाचार

Related Articles

Back to top button
Close