Entertainment

महानायक राजेश हमालको मनछुने सन्देश..

सामाजिक सञ्जालमा केहिदिनदेखि चर्चा चलिरहेको ‘महानायक’ प्रकरण अझै पनि साम्य भइसकेको छैन ।

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा दिएको अभिव्यक्तिले सञ्जालमा हंगामा मच्चिएको हो । प्राइम टाइम टेलिभिजनका लागि तत्कालीन कार्यक्रम ‘रजतपट अंकलमा’ अभिनेत्री निरौलाले महनायक उपाधी बारे असन्तुष्टि जनाएकी थिइन् । उक्त बिषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु देखि लिएर राजेश हमालसँगै काम गरिसकेका पूराना कलाकारहरुले आपत्ति जनाएका थिए ।

यसै बिषयमा चलचित्र समिक्षक तथा निर्देशेक दिपेन्द्र खनालले अहिलेसम्म नेपाली फिल्म लाइनमा उपाधी दिन लाएक कोहि पनि कलाकार छैन भनेर सञ्जालमा लेखेमा छन्, त्यस्तै उनले एक अन्तर्वातामा हमालको फिल्म दस मिनेट पनि हलमा दर्शकले हेर्न सक्दैन भन्ने पनि अभिव्यक्ति व्यक्त गरेका थिए ।

यसै बिषयमा हाँस्यकलाकार, अभिनेता, निर्माता दीपकराज गिरीले सहकर्मी साथी निरौलाको बचाउँ गर्दै ‘अन्तर्वाता देखि होसियार’ लेखेर एक स्टाटस् लेखेपछि ‘महानायक प्रकरणमा’ दीपकराज गिरीको नाम पनि जोडेर ट्रोल बन्न सुरु भएको थियो ।

लगातार ट्रोलको सिकार बन्न थालेपछि अभिनेता गिरीले २१ मिनेट भिडियोमा हमाल सँग माफी माग्दै छक्का पञ्जा ब्रान्ड माथी नक्कली फेसबुक अकाउन्टबाट प्रहार गरेको बताएका थिए । यस बिषयमा छक्का पञ्जा टिमका केदार प्रसाद घिमिरे (माग्ने बुढा ) र जीतु नेपाल ( मुन्द्रे) ले माफी माग्दै लगभग एउटै भाव झल्किने स्टाटस् लेखेका थिए ।

केकी माथि प्रहार नायिका केकी अधिकारीले ‘दीपा दिदी तपाईं छोरी भएर जन्मिनु गल्ती भयो’ भन्दै एक स्टाटस् लेखेपछि उनलेे पनि गालीको वर्षा भएरइरहेको छ । केकी अधिकारीले पछिल्लो समय छक्का पञ्जा ३ मा मुख्य नायिकाको भुमिकामा अभिनय गरेकी थिइन् ।

अभिनेत्री दीपाश्री निरौलाले माफी मागिसकेपछि पनि निरन्तर उनिमाथि सामाजिक सञ्जालमा भइरहेको गालिगलौजलाई लिएर चलचित्र संघ लगायत चलचित्रसँग सम्बन्धित सबै संस्थाले संयुक्त विज्ञप्ति नै निकालेर अबदेखिपनि नकारात्मक टीकाटिप्पणी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

यसप्रकरणमा महानायक मौन रहेकोमा धेरैले टीकाटिप्पणी गर्न सुरु गरिसकेको थियो । तर, उनले केही घन्टा अघि सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दीपा श्री निरौलालाई लाई माफी दिनुहोस् भनेर भनेका छन् ।

उनले यसबिषयमा केहिदिन अगाडि एक युट्युब अनलाइनमा अन्तर्वार्ता समेत दिएका थिए । नेपाली चलचित्रको खम्बा मानिने हमाललाई ‘महानायक’ उपाधी १४ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रजतपट’ कार्यक्रमले दिएको हो । उक्त कार्यक्रमको तत्कालीन प्रस्तोता पनि प्रकाश सुवेदी नै थिए ।

महानायक प्रकरणमा एकजमानाका चर्चित खलनायकहरु उमेश श्रेष्ठ, सुशील पोखरेल, वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी लगातका कलाकारहरुले युट्युबमा अन्तर्वाता दिँदै राजेश हमालको समर्थनमा बोलेका छन् ।

त्यस्तै नायक जयकिसन बस्नेतले पनि फेसबुक लाइभ र आफ्नै युट्यब च्यानलबाट हमालको समर्थनमा बोलेका छन् भने निर्देशक निर्माता सोभित बस्नेतले एक अन्तर्वार्तामा महानायक भुवन केसी हो राजेश हमाल सुपरस्टार हो भन्ने अभिव्यक्ति दिएका छन् । त्यस्तै राजेश हमालसँग धेरै चलचित्रमा सँगै काम गरेका एकसमयका चर्चित जोडी करिश्मा मानन्धरले पनि हमालको पुराना भिडियोहरु सेयर गर्दै समर्थन गरेको देख्न सकिन्छ ।

पछिल्लो समयका जल्दाबल्दा नायक तथा मोडल पल शाहले पनि महानायक राजेश हमालनै हो भनेर एक अन्तर्वार्तामा आफ्नो अभिव्यक्ति दिएका छन् , पल शाहले बाल्यकाललाई सम्झिँदै राजेश हमालको फिल्म हेर्न जान पैसा चोरेको समेत खुलासा गरेका छन् ।

तर पलपलमा चलचित्र क्षेत्रको अपडेट दिँदै आइरहेका चलचित्र पत्रकारहरुले भने यसबिषयमा लेखेका छैनन् । सेलिब्रेटीहरुले एउटा फोटो सञ्जालमा साझेदार गरेपनि समाचार बनाउन पछि नपर्ने पत्रकारले यसबिषयमा कहिकतै लेखेको देखिँदैन ।

धेरै जसो युट्युब च्यानलहरुले चाहिँ मौका यै हो भनेर गुननाम कलाकारहरुलाई पनि खोजिखोजि अन्तर्वाता लिइरहेका छन् ।

Related Articles

Back to top button
Close