News

बच्चा जन्माउँन नसकेको भन्दै नेपाली सेनामा कार्यकर्त प्रतापले या’तना दिदा ज्यान फालिन आशाले !

पर्वत । श्रीमती देहत्याग दु’रुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय युवम प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएको हो ।

असार ५ गते गोठमा झु ण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई म’र्न बा’ध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा दु’रुत्साहनको मुद्धा दर्ता गराएका थिए । मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।

मृतक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मा’नसिक या’तना दिँदै आएका कारण नै छोरी म’र्न बाध्य भएको आरोप लगाएकी थिइन् । नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको सिक्री नदिएको भन्दै पटक/पटक छोरीलाई या’तना दिने गरेको गिताले बताईंन ।

अहिले सम्म बच्चा जन्माउन नसकेको, विवाहमा छोरालाई सानो सुनको सिक्री दिएको, कालो र नराम्रो अनुहार भएको, आफ्नो छोराले भन्दा थोरै पढेको र पढाईमा समेत कमजोर भएको भन्दै आशालाई पटक–पटक परिवारले शारिरीक र मा’नसिक या’तना दिदै आएको उजुरीमा उल्लेख गरिएको छ । परिवारले नराम्रो व्यवाहार गरे पनि ज्वाईलाई भनेपछि समस्या समाधान होला भनेर आफुले छोरीलाई सम्झाई बुझाई घरमै बस्न भनेको भएपनि पछिल्लो समय नेपाली सेनामा कार्यरत ज्वाई प्रतापले समेत छोरीलाई या’तना दिन थालेको मृतककी आमा गिताले बताइन ।

‘छोरीको घर विग्रन्छ भनेर सहेर पनि घरमै बस्नुपर्छ भनेर सम्झाए, गिताले भनीन् छोरी रहेमात्र छोरीको घर हुन्छ भन्ने समयमा नबुझदा आज कोख रित्तो भयो ।’ सम्धीले मेरा छिमेकीलाई छोरी झु ण्डीएको भनेर फोन गरेपछि मैले थाहा पाएकी हुँ उनले भनीन् यहाँबाट मेरा आफ्न्त घटनास्थल पुग्दा छोरी भुइमा ल डेको र टाउकोमा चो ट लागेको अवस्थामा मृत फेला परेकी रहेछिन् । उनले भनीन् घटनाको सत्य तथ्य छानविन गरि अपराधीलाई कडा कारबाही गर्नुपर्छ । उनले आफुलाई जानकारी समेत नदिई छोरीका परिवारले हतार हतारमा सतगत गरेको आरोप लगाईन । घटनास्थलमा छोरीले लेखेको नोट पनि भेटिएको थियो रे, गिताले भनिन् मेरी छोरीलाई मर्न बाध्य बनाउनेलाई तुरुन्तै पक्रेर कारबाही गर्नुपर्छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अ’पराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा १ अनुरुप कसुर भएको बताउँदै सोही दफाको २ नम्बर उप दफा बमोजिम कार्बाही माग दाबी गरिएको छ । ऐन अनुसार कसुर ठहरिएमा आरोपितलाई ५ बर्ष सम्म कैद र पचार हजार रुपैँया जरिवाना हुने ऐनमा उल्लेख छ ।

Related Articles

Back to top button
Close