News

श्रीमतीका कारण संसार त्यागेका प्रहरी हवल्दारका आमाबुबा न्याए माग्दै मिडियामा

मोरङ । सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले दे ह त्याग गरेको घटनाको बुवा आमाले न्यायको माग गरेका छन । मिडियामा पहिलो पटक कुराकानी गर्दै बुवा काशिनाथ र आमा नर्बदा खतीवडाले छोराले आफनो कारण नभइ कसैले मा’नसिक ट’चर दिएर म’र्न बाध्य बनाइएको जिकिर गरेका छन ।

घटनाको सत्यतथ्य कुरा बाहिर आउने आसा बसेका बुवा आमाको अझै आखा ओभाएका छैनन । १६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घटनामा उनका भाइले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटना भएको तेस्रो दिनमा दुरुत्साहनको जाहेरी दिएका थिए ।

यसैका आधारमा दुरुत्साहनको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी मुद्दा चलाएको हो । मोरङको उर्लाबारी–२ राजघाटबाट तीनदिन अघि पक्राउ परेका उनीहरुलाई सुनसरी प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक विनोद शर्माका अनुसार मृतक खतिवडाका भाईले दिएको जाहेरीको आधारमा दीक्षा खतिवडा र उनकी प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरी मुद्दा चलाएको हो ।

प्रहरी नायब उपरिक्षक शर्माले भन्नुभयो, ‘मृतक खतिवडालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए । श्रीमती दीक्षा र विशालकै कारण उनी डि प्रेसनमा पुगेका थिए ।’ कल डिटेल अनुसार दे ह त्याग गरेको समयमा उनले श्रीमतीलाई र विशाललाई फोन गर्दा लामो समय दुबैको मोबाइल व्यस्त भएपछि डि प्रेसन र आ’वेशमा आएर दे ह त्याग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Related Articles

Back to top button
Close