International

भगवान रामका सर्न्दभमा प्रधानमन्त्री ओलीले दिएको बयानबाट भारत यतिसम्म रिसायो

काठमाडौ । भगवान रामचन्द्र अर्थात भगवान रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बयानले भारतीय जनता पार्टी (भाजपा) रिसाएको छ । प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभई नेपालमै पर्ने भनी दिएको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता (भाजपा) पार्टीले असन्तुष्टि पोखेको हो । भाजपाका राष्ट्रिय प्रवक्ता बिजेशंकर शास्त्रीले भगवान राम आफूहरूको आस्थाको विषय भएको भन्दै यसबारे प्रधानमन्त्री ओली या अरु कोहीले खेलवाड गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुमा अनुसार शास्त्रीले रामबारे भारतकै वामपन्थीहरूले पनि खेलवाड गरिरहेको र नेपालका कम्युनिष्टहरूले पनि सोही सिको गरेको आरोप लगाएका छन्‌ । १०७औं भानुजयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाउनु भएको थियो ।

रामको अयोध्या राज्य वीरगञ्‍जमा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको, तर नेपालको वीरगञ्‍जभन्दा पश्चिमपट्टिको गाउँ नै अयोध्या भएको प्रधानमन्त्रीको बुझाई रहेको छ । अहिले ओलीको उक्त बयानको भारतमा मात्रै नभई नेपालमा पनि आलोचना हुँदैछ । ओलीले सक्ता बचाउनका लागि भारतसँग तित्तता बढाएको आरोप लगाउन थालिएको छ ।

Related Articles

Back to top button
Close