News

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपुर्ण निर्णय

काठमाडौं । अब नेपालमा केही व्यक्तिहरु आउँन पाउने भएका छन् । सरकारले केही व्यक्तिलाई नेपाल आउन दिने भएको हो । मन्त्रिपरिषद्को बैठकले लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्तिलाई नेपाल आउन दिने निर्णय गरेको हो ।नेपाल सरकारका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले केही विशेष व्यक्तिहरुलाई नेपाल आउँन दिने भएको हो ।

उहाँका अनुसार नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने भएको हो ।त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल आउन दिइने सरकारले जानकारी दिएको छ ।

यो सँगै सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनु भएको छ ।सरकारले त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको जनाएको छ । कोरोना महामारीका कारण सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको हो ।

Related Articles

Back to top button
Close