Intresting

शुक्रबार कुबेर यन्त्रको पूजा गर्नुहोस्, धन लाभ हुन्छ

काठमाडौँ । कुबेर सबैभन्दा धनी देवताका रुपमा चिनिन्छन्। हिन्दू शास्त्रमा कुबेरको पूजा आराधना गर्दा धन लाभ हुने उल्लेख गरिएको छ। शुक्रबार कुबेरको पूजा गर्नका लागि निकै उत्तम दिन मानिन्छ।

शुक्रबार कुबेर यन्त्रको पूजा गर्दा सुख समृद्धिका साथै धन लाभ हुने धार्मिक विश्वास छ। तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ। त्यो नै कुबेर यन्त्र हो। जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ। शुक्रबार यो यन्त्रको पूजा गरेर यसलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ।

यी कुरा ध्यान राख्नुहोस्

कुबेर यन्त्रको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ। हरेक पटक आफ्नो आँखाले देख्ने गरी यसलाई राख्नुहोस् । यसको हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुहोस् । यसो गर्दा घरमा सकारात्मक उर्जा प्राप्त हुने विश्वास गरिन्छ।

कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

पुजा सामाग्री

धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ।

शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नु पर्दछ। भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्किदा धन लाभ हुनुका साथै कार्य सफल हुने विश्वास गरिन्छ।

Related Articles

Back to top button