News

आज पनि घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं- सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close