Entertainment

प्रितीको गीत आयो बजारमा, ल्याउने भयो फेरी छुट्टै तरंग (भिडियो)

काठमाण्डौ – प्रिती आले युवा पुस्ता माफ निकै लोकपृय गायीका हुन् । दोहोरी ब्याटलवाट आफ्नो छुट्टै पहिचान बनाएकी प्रितीको गीत जव वजारमा आउँछ एउटा छुट्टै तरंग उत्पन्न हुन्छ । उनका गीतले सांगितको क्षेत्रमा फरक पन प्रस्तुत गर्ने भएकाले वजारमा प्रितीको फरक पहिचान छ । जव प्रिती गीत लिएर वजारमा आउँछिन् गीत संगितको क्षेत्रमा तहल्का मच्चिन्छ । जसरी दोहोरी ब्याटल आउँदा लोक दोहोरी र लोकगीतका क्षेत्रमा छुट्टै लहर आयो । धेरैले विरोध गरेको उनको गीतलाई दर्शक र श्रोताले भने मन पराइदिए । त्यसैवाट उनलाई प्रिती भनेर चिनायो ।

उनको पहिरन होस् वा प्रस्तुती नौलोपन देखिन्छ । निकै खुला मिजास र खुलेर बोल्ने प्रितीका अगाडी ओलोचकहरु पनि टिक्न सक्दैनन् । उनले आफ्नो कामवाट नै जवाफ दिन्छिन् । पछिल्लो समय उनले सार्वजनिक गरेको तीज गीत नक्कली साली लाहुरे लाली पनि त्यसकै उदाहरणका रुपमा लिन सकिन्छ । उनको यो गीत संधै आइरहेका तीज गीत भन्दा फरक छ । यसल छमछमी नचाउँछ पनि अनि डिस्कोमा झुम्न पनि यो गीतमा सकिन्छ ।

दुवैलाई मेल खाने गीतमा नेपालमा परम्परा देखि चल्दै आएको लाहुरे प्रवृत्तीलाई पनि उठाएको छ । नेपालीहरुको मुख्य वैदेशिक रोजगारी भनेकै लाहुर हो । लाहुरेसंग युवतीहरुको छुट्टै आकर्षण हुन्छ । त्यसै माथि भिनाजु नै लाहुरे पछि पछि साली भुतुक्क नहुने कुरै भएन । नेपालकै परम्परा र संस्कृतिलाई तीज गीतका माध्यमवाट उठाइएको छ । तर कतिपयले यो गीतलाई छाडा भनेर टिप्पणी गरेको पनि देखिन्छ । भिडियो सार्वजनिक गरेकै लिंकमा केही दर्शकले छाडा भनेर कमेन्ट गरेका छन् भने धेरैले फरक पनको अनुभव दिलाएको र गीत सुनेर ननाचीरहन नसकेको पनि बताएका छन् ।

प्रिती आले नेपाली युवाहरुको ढुकढुकी हुन् । सार्वजनिक रुपमा उनलाई छाडा भनेर टिप्पणी गर्नेले नै उनलाई लुकीलुकी हेरीरहेका हुन्छन् । आफुलाई समाजमा सभ्रान्त देखाउन प्रितीका गीतलाई गाली गर्ने र युट्युवमा हजारौं पटक हेर्ने पनि उनै छन् । त्यसैले उनका गीतले वजार तताउँछन्, युवा युवतीलाई नचाउँछन् र आलोचना गर्नेहरुलाई थकाउँछन् ।

केहि दिन अगाडी लरी लै फरिया गीत ले पनि विवाद र चर्चा दुवै कमाएकी प्रितीले फेरी अर्को चुनौती दिँदै नक्कली साली लाहुरे लाली वजारमा ल्याएकी हुन् । लरी लै फरिया गीतको चर्चा सेलाउन नपाउँदै उनले गायक युवराज मगर संग मिलेर यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा युवराज मगर र चर्चित सर्जक प्रलाहद सुबेदीले शब्द कोरेका छन। युबराज मगरले संगीत गरेको सो गीतमा प्रिती आले,युबराज मगर ,रमेश बाबु थापा बिष्णु मगर लगाएतले अभिनय गरेका छन।

Related Articles

Back to top button
Close